नियम ९
उजुरी तथा निर्णय
(१) ऐनको दफा २७ बमोजिम
उजुरकर्ताले लिखित वा विद्युतीय माध्यमबाट बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहमा उजुरी दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त हुने उजुरी वा अन्य निकायबाट कारबाहीका लागि लेखी आएका -उजुरीलाई बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले छुट्टै दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएका उजुरी उपरबोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले जाँचबुझ गर्नेछ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ गर्दा प्राप्त उजुरी प्रथम दृष्टिमा नै तथ्य युक्त नदेखिएको वा दुख वा हेरानी दिने उद्देश्यले मात्र दिएको देखिएमा त्यस्तो उजुरीलाई तामेलीमा राख्ने निर्णय गर्न सकिनेछ ।
(५) उपनियम: (४) बमोजिम तामेलीमा राख्ने निर्णय भएका बाहेक अन्य उजुरी जाँचबुझ गर्दा बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले आवश्यकता अनुसार सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने, कागज प्रमाणहरु पेश गर्न लगाउने, स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।
(६) बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले उपनियम (४] बमोजिम तामेलीमा राखे निर्णय बा ऐन तथा “यस नियमावली बमोजिम गरेको कारबाहीको जानकारी सातदिन भित्र उजुरी कर्तालाई दिनु पर्नेछ ।
(७) उजुरी उपरको जाँचबुझ सम्बन्धी अन्य कार्यबिधि: ऐन तथा यस नियमावलीको अधीनमा रही बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।